जेठ ०८, २०८१, मंगलबार
               

कतै वर्षा कतै हिमपातः यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै  स्थानिय वायूको समेत प्रभाव रहेको छ।

अहिले (मंगलबार बिहान) देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहेकोछ भने मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको पश्चिमि भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

पश्चिमि पहाडि  भूभागका केही स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ । पश्चिमी हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

देशको पश्चिमि पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भूभागमा हल्का हिमपात हुनेछ ।

बुधबार देशको मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक  बदली हुने देखिन्छ।पूर्व र मध्यका पहाडी  भूभागका एक दुइ स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

बिहिबार देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक  बदली हुने देखिन्छ। पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि