बैशाख २१, २०८१, शुक्रबार
               

दरवारमार्ग वृत्तका प्रहरी हिरालुटपाटमा पक्राउ, केहीबेरमा सार्वजनिक गरिँदै

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडौं । लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर पुगेको प्रहरीकै समूहलाई इलाका प्रहरी कार्यालय पालुङको प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा आफूलाई पत्रकार बताउने सुजन आचार्य र अर्का एकजना मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् ।

पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको मकवानपुर प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा संलग्न उनीहरु लुटपाटको उद्देश्यले नै काठमाडौंबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । 

कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए ।  

तर, कैलाश गाउँपालिकामा उनीहरुले हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै हिरा लिएर भागेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई केहीबेरमा जिल्ला प्रहरी कार्यालय हेटौंडामा सार्वजनिक गरिने प्रहरीले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि