मंसिर ०७, २०८१, शुक्रबार
               

वनका भवन क्वारेन्टाइनमा प्रयोग

रासस
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासंघले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्ने जनाएको छ ।

महासंघका अध्यक्ष भारती पाठकले आइतबार जारी गरेको  विज्ञप्तिमा २२ हजार २६६ महासंघसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रूपमा प्रयोग गर्न सक्ने जनाइएको छ ।

महासंघको प्रदेश नम्बर १ मा १२४, प्रदेश नम्बर २ मा ५५, वाग्मती प्रदेशमा २६८ गण्डकी प्रदेशमा २१६, प्रदेश नम्बर ५ मा ३११, कर्णाली प्रदेशमा ८४, सुदूरपश्चिम प्रदेशमा ३४० भवन रहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि