जेठ ०९, २०८१, बुधबार
               

पूर्वाधार विकासमा सडक विभाग अझै अन्योलमा

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडाै‌ं। सरकारले सडक, पुललगायत पूर्वाधार संरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल थालेको छ । 

सडक विभागमा आज बसेको बैठकले सकेसम्म भीडभाड नहुने गरी पूर्वाधार निर्माणलाई निरन्तरता दिन सकिने विषयमा छलफल भएको छ । अहिलेसम्म कुनै निर्णय नभएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

रोगको प्रभाव अहिलेसम्म कतिपय क्षेत्रमा देखिन थाले पनि काठमाडौँ उपत्यकालगायत स्थानमा मर्मत भइरहेको छ । कतिपय जिल्लाका सडक आयोजनामा कार्यरत इञ्जिनियरले निर्माण कम्पनीले कामदार घर फर्किएको भन्दै काम रोक्न चाहेको बताए । उनले भने, 'उनीहरुलाई घर नै नजाउ काम गर्नुपर्छ भन्न मिल्दैन ।'

सडक विभागले सडक निर्माण भइरहेको अवस्थामा २५ जनाभन्दा बढी भीड जम्मा नहुने गरी निर्माण गर्न सकिने जनाएको छ । निर्माण कम्पनीले कामदार नै नभएको भनी रोकेको अवस्थाबाहेक अहिलेसम्म निर्माण ठप्प नगर्ने गरी विभागमा छलफल भइरहेको महानिर्देशक शर्माले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएपछि निर्णय हुने उनले बताए । उनले भने, 'मन्त्रालयमा छलफल भएपछि नै सबै परियोजना काम गर्ने कि नगर्ने भनी निर्णय हुनेछ ।' कतिपय आयोजनामा नेपाली मात्रै नभएर विदेशी कम्पनीसमेत काम गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि