जेठ ०८, २०८१, मंगलबार
               

कालोबजारी गर्ने चार व्यवसायी पक्राउ

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

जनकपुरधाम । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधी व्यवसायी पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए ।

पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि