जेठ ०९, २०८१, बुधबार
               

जबर्जस्ती करणी अभियोगमा वडा सदस्य प्रहरी हिरासतमा

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ । 

३७ वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए । 

प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । 

ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि