जेठ ०९, २०८१, बुधबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायूको समेत प्रभाव रहेको छ।

अहिले (आइतबार बिहान) देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पूर्वी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

अपरान्ह पश्चात देशका केही स्थानमा सामान्य बदली भई मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशको पूर्वी  र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली  रहनेछ । 

देशको पूर्वी  र मध्य भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षा हुने सम्भावना छ।


कस्तो लाग्यो ?

यो पनि