जेठ ०८, २०८१, मंगलबार
               

लामो दुरीका यात्रुहरूलाई नि:शुल्क मास्क वितरण

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सवारी साधानमा यात्रा गर्ने यात्रुहरूलाई नि:शुल्क मास्क वितरण गरिएको छ । 

यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरूको भिड बढेको छ । भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनिकरण गर्न नि:शुल्क मास्क वितरण गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले सरकारसँग आग्रह गरेर मास्कको व्यवस्थापन गरी बसका चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको बताए ।

कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्न सक्ने आशंकासँगै घर जानेको संख्या बढेको हो । भिडभाडमा नजान सरकारले आग्रह गरे पनि घर फर्कनका लागि काठमाडौंको बसपार्क र कलंकी क्षेत्रमा भिड लागेको छ । शनिवार साँझ सम्म करिब १ लाख ५० हजार मानिसहरूले उपत्यका छाडेका छन् । 


कस्तो लाग्यो ?

यो पनि