जेठ ०९, २०८१, बुधबार
               

सरकारले गरेको प्रतिबन्ध उल्लंघन गर्दै आएका ६१ नेपाली क्वारेनटाइनमा

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीमार्फत् ६१ जना नेपाली काठमाडौं आइपुगेका छन् । 

दुबई कतारलगायत देशमा रहेका उनीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएका हुन् । 

यसअघि यसरी नेपाल आउने विदेशी नागरिकलाई फर्काउने गरिएको थियो ।

सरकारले उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखेको छ । 

सरकारको प्रतिबन्धलाई उल्लंघन गर्दै थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको अध्यागमन विभागले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि