जेठ ०८, २०८१, मंगलबार
               

पशुपतिनाथ दर्शन गर्न जनेका लागि साबुनपानी र स्यानिटाइजरको व्यवस्था

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । पशुपति विकास कोषले पशुपतिनाथको दर्शन गर्न जाने साबुनपानी, स्यानिटाइजरलगायतको व्यवस्था गरेको छ । 

कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै पशुपति विकास कोषले भक्तजनले पशुपतिनाथको दर्शन गर्नुपूर्व साबुनपानीले हात धुने व्यवस्था गरेको हो । 

साथै, पशुपतिनाथका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने बताए ।

उनले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट सतर्कता अपनाउन भन्दै सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने बताएका हुन् । 

‘हामीले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेका छौँ,’ खतिवडाले भने, ‘बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा बन्द हुन्छ ।’

साथै, उनले पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आग्रह गरे । 

‘पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘पशुपतिमा हुने गंगा आरतीमा आजदेखि २५ जनाभन्दा कम मानिस मात्र सहभागी हुने व्यवस्था मिलाएका छौँ ।’

यसैगरी, पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि स्थगित भएको छ । 

यो पनि