जेठ ०९, २०८१, बुधबार
               

कोरोनाबारे झुटो अडियो सन्देश पठाउने युवक पक्राउ

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे  झूठो प्रचार गर्ने एक जना पक्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापामगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए । आज बिहानबाट धेरैजनामा सो सन्देश प्रवाह भएपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि