जेठ ०८, २०८१, मंगलबार
               

महानगरद्वारा बढी भीडभाड हुने जात्रा तथा उत्सव नमनाउन आग्रह

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले बढी भीडभाड हुने खालका जात्रा तथा उत्सव नमाउन आग्रह गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन भन्दै शनिबार एक विज्ञप्ति निकाल्दै महानगरपालिकाले यस्तो आग्रह गरेको हो । 

यसका अलवा काठमाडौं महानगरपालिकाले घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रालगायत जात्रा तथा पर्व नमनाउन पनि आग्रह गरेको छ । कोभिड–१९ संक्रमण फैलिन सक्ने भन्दै महानगरले शनिबार एक विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेको हो । 

महानगरले विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको भन्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्चजस्ता धार्मिकस्थलमा पनि भिडभाड कम गर्न पनि आग्रह गरेको छ ।

धार्मिकस्थलमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानमा समेत भीडभाड नगर्न महानगरले यस्तो आग्रह गरिएको बतायो । 

महानगरपालिकाले कसैलाई कोरोनाको संक्रमणको आशंका लागे टोल फी नं. ११८०मा खबर गर्न अनुरोध गरेको छ । 

महानगरपालिकाले निकालेको शनिबार निकालेको विज्ञप्तिमा एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेको छ । 

साथै, महानगरले विज्ञप्तिमार्फत कोभिड–१९ को सन्त्रास र सो सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउन अनुरोध गरेको छ । ‘संक्रमण देखिनुभन्दाअघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो,’ विज्ञप्ति जारी गर्दै महानगरले भनेको छ ।  

कामपाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने बताएको छ  । 

यो पनि