बैशाख १९, २०८१, बुधबार
               

कोरोनाबारे भाइरल अडियो, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको कोरोना भाइरससम्बन्धी एक अडियो क्लिपको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

नेपालमा कोरोनाभाइरस भित्रिसकेको र यसबाट सतर्क रहन भन्दै एक व्यक्तिले अफवाह फैलाएको अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

उक्त अडियोले जनमानसमा त्रास फैलाएको भन्दै अनुसन्धान गर्न प्रहरीको साइबर व्युरोलाई निर्देशन दिइएको प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जानकारी दिए । 

सरकारले कोरोनाभाइरसको संक्रमणबारे भ्रामक सूचना नदिन र त्यस्तो गरेमा कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि