बैशाख १९, २०८१, बुधबार
               

शौच गर्न निस्किएकी अन्जुलाको डुबेर मृत्यु

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा एक बालिकाको डुबेर मृत्यु भएको छ । 

सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा गए राति डुबेर ज्यान गएको हो ।

शौच गर्न घर बाहिर निस्केकी मानसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिए । 

शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि