बैशाख १९, २०८१, बुधबार
               

नक्कली लाइसेन्ससहित तीन चालक पक्राउ

रासस
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौं टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले पक्राउ परेका तीनैजनाले ट्रायल पास नभई लाइसेन्स लिएको भेटिएकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिले अरु व्यक्तिलाईसमेत नक्कली लाइसेन्स बनाइदिने गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि