जेठ ०८, २०८१, मंगलबार
               

स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी सार्वजनिक बिदामा बस्न नपाउने

नेपाल फ्ल्यास
चैत ०७, २०७६

फाइल तस्विर
ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै कर्मचारीले कोरोना भाइरस नियन्त्रण नहुनजेलका लागि सार्वजनिक बिदा नपाउने भएका छन् । 

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनसमेत आफ्नो सम्बन्धित कार्यालयमा उपस्थित भएर काम गर्न निर्देशन दिएसँगै स्वास्थ्य क्षेत्रका उनीहरुले बिदा नपाउने भएका हुन् । 

मन्त्रालयले गरेको परिपत्रमा अधिकृत र उपसचिवस्तरभन्दा माथिका कर्मचारीलाई तत्काल उपत्यका छाडेर नजान उल्लेख गरिएको हो ।

यो पनि