जेठ ०९, २०८१, बुधबार
               

प्युठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

रासस
चैत ०७, २०७६

ADVERTISEMENT


प्युठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्युठान नगरपालिका वडा सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना ३ ख ३८८३ नम्बरको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।

उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनः काठमाडौँको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । सवारीचालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

अनेरास्ववियु र नेविसङ्घको माग

अनेरास्ववियु र नेविसङ्घको घटनाप्रति दुःख व्यक्त गर्र्दै यातायात व्यवसायीको लापरवाही तथा यस प्रकारको रवैयाले भण्डारीको निधनले जिल्लाका यातायात चरम लापरवाही ढङ्गबाट सवारी सञ्चालन गरेको पुष्टि भएको जनाएका छन् । 
त्यसैले प्रशासन तथा जिल्लाका सरोकार पक्षले यस घटनाको निष्पक्ष छानविन गरी पीडित पक्षलाई कानुनी राज्यको आभाष गराउनु प्रशासनको दायित्व भएको जनाउँदै निष्पक्ष छानबिन गरी पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि