जेठ ०९, २०८१, बुधबार
               

आमाका नाममा उपचार अक्षयकोष स्थापना

रासस
चैत ०७, २०७६

ADVERTISEMENT

कास्कीमा एक परिवारले उपचार अक्षयकोषको स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीको एक परिवारले आमा स्व नन्दकली भण्डारीको १३औँ दिनको पुण्यतिथीमा वडाका गरिब, असहाय एवं बेसहाराको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले एक लाखको उपचार अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषबाट वडाका गरिब, असहाय, बेसहारा एवं आपत्कालीन अवस्थामा परेकाको स्वास्थ्य उपचारमा सहयोग गरिने भण्डारीका माइला छोरा मोहनले जानकारी दिए । उनले अक्षयकोष विस्तारै बढाउँदै लैजाने बताए । वडाको मातहतमा रहने गरी स्थापित अक्षयकोषले समाजमा सकारात्मक सन्देश दिएको वडाध्यक्ष चूडामणि अधिकारीले बताए । नन्दकलीको ६१ वर्षको उमेरमा गत फागुन २३ गते निधन भएको थियो । उनी २५ वर्षदेखि दम रोगबाट पीडित थिए ।  
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि