जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्रियसभा बैठक पनि स्थगित

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक स्थगित गरिएको हो ।

सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्णय गरेको थियो । त्यसपछि बिहीबार राष्ट्रियसभा बैठक बसेको थियो । शुक्रबारदेखि भने बैठक अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेका हुन् ।

सरकारले संघीय संसदका दुवै सदनको बैठक स्थगित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गते बस्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि