जेठ ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।       

अहिले (शुक्रबार बिहान) देशका पूर्वी र पश्चिमी पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

अपरान्ह पछि पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ।

बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि