जेठ ०६, २०८१, आइतबार
               

कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी कोष स्थापना

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरूलाई २ लाख ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताए । महानगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार  सामग्रीसहितको हेल्प डेस्क स्थापना गर्ने र निशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने उनले बताए ।

महानगरपालिका भित्र रहेका मठ, मन्दिर, मश्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न उनले आग्रह गरे । त्यस्तै महानगरपालिकाभित्र मनाइने जात्रा, पर्वहरूमा परम्परागत पुजाबाहेक अन्य कुनै भिडभाड नगर्न समेत उनले आग्रह गरे ।  


कस्तो लाग्यो ?

यो पनि