बैशाख १५, २०८१, शनिबार
               

विदेशमा रहेकालाई बाटाे खुलेपछि मात्र नेपाल आउन उच्चस्तरीय समितिका प्रवक्ताको सुझाव

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोनाले विश्वभर आतंक फैलाइरहेका बेला नेपालमा कोरोनाको प्रभाव कम देखिएरहेका बेला नेपालबाहिर रहेका नेपाली नेपाल आउन आतुर छन् ।

तर,  कोरोना भाइरससम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले बाटो खुलेपछि मात्र नेपाल आउन सुझाव दिएका छन् ।

सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको हकमा यस्तो सुझाव दिएका हन् । 

विश्व स्वास्थ्य संगठनले संक्रमित जुन देशमा भए पनि त्यहाँबाट बाहिर निस्कन मिल्दैन भन्ने व्यवस्था गरेको उल्लेख गर्दै  बिडारीले बिहिबार यस्तो बताएका हुन् । ‘जहाँ भए पनि त्यहीँ उपचार हुन्छ,’ बिडारीले भने । 

सरकारले युरोपियन मुलुक र खाडीका मुलुकसहित जापान, कोरिया, टर्की र मलेसियाबाट कोही पनि शुक्रबार बेलुकाबाट नेपाल आउन नमिल्ने बिडारीले बताए । 

साथै, उनले ती देशबाट सोझै आउने र अरू देशबाट ट्रान्जिट हुँदै आउने सबैलाई ट्राभल रेस्ट्रिक्सन भएको बताए । ‘अहिले यसलाई यही रूपमा लिनुपर्छ। १२ अप्रिलसम्म उहाँहरू आउन पाउनु हुन्न,’ उनले भने, ‘प्रष्ट हुनुहोस् ।’तर, अन्त्यमा उनले सरकारले आवश्यकताअनुसार देशहरूको विषयमा निर्णय लिने जानकारी दिएका छन् ।

अवस्था परिवर्तन हुने भन्दै बिडारीले भने, ‘अहिले त्यहीँ बस्नुन्, स्वास्थ्य लाभ गर्नुस् । बाटो खुलेपछि आउनुस् ।’

सरकारले युरोप, पश्चिम एसिया तथा खाडी क्षेत्रका सबै मुलुकहरु एवम् टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने यात्रुहरुलाई शुक्रबार रातिदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । चैत ३० गतेसम्मका लागि यो व्यवस्था गरिएको हो ।

यो पनि