बैशाख २७, २०८१, बिहीबार
               

धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न पर्यटनमन्त्रीकाे अपिल

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरूलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न अपिल गरेका छन् ।

कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरूलाई संयमता अपनाउन र कार्यक्रमहरूमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्। सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरू, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए । उनले भने ‘अहिलेको परिस्थिति समान्य परिस्थिति होइन । कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन । त्यसकारणले कुनै पनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापहरूमा समेत पुर्नविचार गर्नुपर्‍यो । पूर्ण सावधानी अपनाउन पर्‍यो ।’

मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताए । उनले देश बहु धार्मिक बहु भाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरूले संयमता अपनाई आफ्ना कार्यक्रमहरूमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन् । 

अहिले पशुपति क्षेत्र वरिपरि विभिन्न जात्रा सुरु हुन लागेको, बुद्ध धर्मावलम्बीहरूको सामुहिक प्राथना हुने र त्यस्तै भोली शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरूको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि