जेठ ०६, २०८१, आइतबार
               

गृहमन्त्रालयका सबै संयन्त्र २४ सै घण्टा तैनाथ

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई २४ सै घण्टा तैनाथमा राखेको जनाएको छ । कोरोना भाइरस नियन्त्रणको पूर्व तयारीको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले आज सो निर्णय गरेको हो ।

सरकारले बुधबार घोषणा गरेका कार्यहरूको कार्यान्वयनका लागि अनुगमन गर्ने र विपदमा परेका उद्धारका लागि आफ्ना संयन्त्रहरू २४ सै घण्टा तैनाथ गरेको जनाएको हो । नेपाल प्रहरी सशस्त्र प्रहरी, तथा अन्य सबै मन्त्रालयहरूसँगको समन्वयमा आफ्ना संयन्त्रहरूलाई तयारी अवस्थामा राखेको हो । संघ, प्रदेश र स्थानीय तहमा समन्वय गरेर विपद‍्को समना गर्ने निर्णय गरेको हो । 

सीमा नाकाहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाई गर्न थालेको जानकारी समेत दिइएको छ । समितिको बैठकले दिएको जानकारी अनुसार चीन सरकारले दिने सहयोगको विषयमा समेत छलफल गरेको थियो । बुधबारको निर्णयलाई कार्यान्वयन गर्न अनुगमन गर्ने पनि मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि