जेठ ०८, २०८१, मंगलबार
               

सडक स्तरोन्नति गर्न वडाध्यक्षले दिए भत्ता रकम

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

कोही भत्ता नहुने कार्यक्रममा सहभागी नै हुँदैनन् त सहभागी नभइकन भत्ता थाप्नेको समेत समाजमा कमी छैन । सुन्दा अचम्म लाग्छ , पाइएको भत्तालाई विकास निर्माणमा लगाइन्छ भनेर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक–१० का वडा अध्यक्ष लालबहादुर ऐरले भत्ताको  रकम सडक स्तरोन्नतिमा खर्च  गरी उदाहरणीय काम गरेका छन् ।

तीन दिने नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागी भई पाइएको तीन हजार ८२५ रकम  उनले २०० मिटर सडक स्तरोन्नतिकोमा प्रदान गरेका थिए ।  

उनले भने, “ स्तरोन्नति गर्न व्यवसायीले निःशुल्करुपमा उपकरण सहित इन्धनको व्यवस्था गरिदिए । सबैको सहयोगबाट विकास सम्भव हुन्छ । ” 

कन्चनपुर । आरसिटी इञ्जिनीयरिङका सञ्चालक चूडामणि जोशीले वडाध्यक्षले भत्ताको रकम खर्चेर सडक स्तरोन्नतिको कार्य गर्ने इच्छा व्यक्त गरे भएपछि सहयोग गर्न नाइनास्ती गर्न नसकिएको बताए।

समाजमा असल कार्य गर्नेको साथ दिनुपर्छ भन्ने भावना जागृत भयो उनले भने, “समाजमा असल सन्देश दिनका लागि सहयोग गप्यौँ ।”

सडक स्तरोन्नतिमा सम्लग्न रोलर, जेसिबी, ट्र्याक्टर चालक र निःशुल्क श्रमदान गर्ने स्थानीय बासिन्दालाई कार्य सम्पन्न भएपछि आफ्नै खर्चमा वडाध्यक्षले खानासमेत खुवाएका छन्।

वडाध्यक्ष ऐरका अनुसार महाकाली इँटाभट्टा, आरसिटी इञ्जिनीयरिङलगायतले ढुवानीका साधन, मेशिन र औजार उपलव्ध गराई सहयोग गरेका छन् । सडक स्तरोन्नति पुरा भएपछि स्थानीय बासिन्दाले सो कार्यको सराहना गरेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि