जेठ ०८, २०८१, मंगलबार
               

कोरोना त्रासः प्रचण्डले गरे भेटघाट बन्द

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहीबारदेखि दैनिक भेटघाट स्थगित गरेका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण प्रचण्डले अनिश्चितकाल सम्मका लागि भेटघाट स्थगित गरेका हुन्।

अध्यक्ष प्रचण्डले अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गर्दथे ।


कस्तो लाग्यो ?

यो पनि