जेठ ०१, २०८१, मंगलबार
               

३० हजार घुससहित रक्सी पसलबाट श्रेस्तेदार पक्राउ

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । 

आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो । 

आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक रक्सी (मदिरा) पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ  ।  

सुरुमा ५० हजार मागेका उनले छलफलका क्रममा ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ । 

श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि