जेठ ०९, २०८१, बुधबार
               

कोरोनाको त्रासः बाबुराम भट्टराईले आफ्नो नाम नै फेरे

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विटर अकाउन्टमा आफ्नो नाम परिवर्तन गरेका छन् ।

उनले आफ्नो ट्विटर नाम डा. बाबुराम भट्टराई परिवर्तन गरेर ‘नियमित हात धोऔं/Wash your hands !' राखेका छन् ।

विश्वभर कोरोना भाइरस संक्रमणले महामारीको रुप लिइरहेको बेला जनचेतनाको लागि भन्दै भट्टराईले ट्विटरमा आफ्नो नाम परिवर्तन गरेका हुन् ।

ट्विटर नाम परिवर्तन गरेर कोरोना भाइरसबारे जनचेतनाका लागि आफूले सानो पहल गरेको उनले बताएका छन् ।

विज्ञका अनुसार नियमित हात धुनु कोरोना लगायत अन्य संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।


कस्तो लाग्यो ?

यो पनि