जेठ ०८, २०८१, मंगलबार
               

आजको मौसम: पहाडी भेगमा मेघ गर्जनसहित वर्षा

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।       

अहिले (बिहीबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । 

अपरान्हपछि मध्य र पश्चिमी पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर सामान्यतया मौसम सफा रहनेछ । 

शुक्रबार र शनिबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । 

अपरान्हपछि पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि