जेठ ०९, २०८१, बुधबार
               

घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति, एक घाइते

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा आगलागी हुँदा आठ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट पाँचखपन–८ पोख्राङका बृहस्पति गौतमका दुई  घर जलेर नष्ट भएको  नगरपालिकाका उपप्रमुख भीमादेवी राईले जानकारी दिइन् ।

मङ्गलबार राति १० बजे  खोले पकाउँदै गरिएको आगो सल्किएर गौतमका घरमा भएका खाद्यान्न, लत्ताकपडा, १२ हजार रुपैयाँ, दुई तोला सुनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उपप्रमुख राईले बताइन् । राति आगो नियन्त्रण गर्न नसकिएको उनले जानकारी दिइन् । आगलागीबाट आठ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीचौकी पाँचखपनले जनाएको छ । 

आगो निभाउने क्रममा पाँचखपन –८ का टङ्कप्रसाद गौतम र छत्रबहादुर दाहाल घाइते भएको वाना प्रहरी चौकीले जनाएको छ । घाइते गौतमलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उपप्रमुख  राईले जानकारी दिइन् । आगो निभाउने क्रममा गौतमलाई शरीरका विभिन्न भागमा पोलेको स्थानीयवासी अशोक न्यौपानेले जानकारी दिए । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि