जेठ ०९, २०८१, बुधबार
               

कोरोना जोखिमबाट बच्न सरकारका १५ वटा निर्णय
अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनु, २५ जनाभन्दा बढी भेला हुन रोक

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाठडौं । कोरोना भाइरसबाट बच्नकाे लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विभिन्न निर्णयहरू गरेका छन् । आज बसेको समितिको बैठकले सिनेमा हल, म्युजियम स्विमिङ पुल, खेल मैदान, जिम, डान्सबार तथा क्लबलगायत बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबारदेखि बैसाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’, निर्णयमा उल्लेख छ ।

त्यस्तै सरकारले स्कुल, कलेज लगायतका शैक्षिक संस्था चैत मसन्तसम्मका लागि बन्द गर्ने निर्णग गरेको छ । समितिको बैठकले स्कुल तथा कलेजहरू सबै बन्द गर्ने निर्णय गरेको हो । एसइई परीक्षा भने सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने गरि प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेक्स स्थापना गर्ने भएको छ । साथै सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु ओसारपोसार गर्न नपाइने तथा दैनिक रुपमा सवारीसाधन सफा गर्न यातायात व्यवशायीलाई आग्रह गर्ने निर्णय गरेकाे हाे ।

यसैगरी यसैगरी सरकारले युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरूसंगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो । यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो । त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फक्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । नेपाल सरकारद्धारा ट्राभल एडभाईजरी जारी गरेको अवधिमा उडानको यात्रा स्थगन गर्दा र मिति परिर्वतन गर्दाको शुल्क नलाग्ने गरि व्यवस्था गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन पनि गरिएको छ ।

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो । धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन निषेध गर्ने निर्णय पनि गरेको छ ।

साथै सरकारले होटेल, तथा सपिङ मलमा अनिवार्य सेनिटाइजरको व्यवस्था गरी टेबल कुर्सी, शौचालय र बार रेलिङमा किटाणुशोधन गर्नुपर्नेछ भने होटल र सपिङमलमा प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गर्नुपर्छ । अवैध रुपमा लुकाइएर राखिएको अवस्थामा जपलत गरिएको मास्क ५ लाख स्वास्थ्य तथा जनसँख्या मन्त्रालयलाई दिइएको तथा बाँकी वितरणका लागि साझा स्वास्थ्य सेवा सहकारीमार्फत विक्री गरिने जनाएको छ ।   

निर्णयहरू


 


कस्तो लाग्यो ?

यो पनि