बैशाख २३, २०८१, आइतबार
               

सरकारले कृषिबाली विक्रीको ग्यारेन्टी लिने

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

किसानको प्रत्येक उत्पादन विक्रीको ग्यारेन्टी सरकारले लिने भएको छ । 

कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ज्ञारेन्टी सरकारले लिने घोषणा गरेका हुन् । बुधबार मन्त्रालयमा पत्रकार सममेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा विक्री नभए सरकारले किनिदिने बताएका हुन् । उनले किसानले उत्पादन गरेको नगदे बालिमा लागत पछिको बचत मूल्य सहितको मूल्य निर्धारण गर्ने बताए । जसबाट किसानलाई २५ प्रतिशत सम्म नाफा सुनिश्चित हुने दावी समेत गरे ।

मन्त्री भुसालले व्यक्तिगत रुपमा किसानलाई दिने अनुदानमा सुधार गरी मल, बीउ, सिचाईं र विजुलीमा अनुदान दिने व्यवस्था गर्ने नीति लिएको बताए । उनले भने ‘बीमा गर्छौं टेक्निकल सपोर्ट गर्छौ न्यूनतम समर्थन मूल्य दिन्छौं र अन्तिममा हामीले तोकेको मूल्यमा वहाँहरुले बेच्न पाउनु भो बेच्नुहुन्छ बजारमा त्यो भन्दा बढीमा बेच्नुहुन्छ । त्यसमा पनि पाउनु भएन भने सर्टेन मूल्य पनि वहाँहरुले नपाउने स्थिति रहयो, सर्टेन मूल्य भनेको सर्टेन बचतको मूल्य पाउनु भएन भने हामीले राज्ले त्यो लिने व्यवस्था मिलाउछौं ।’

उनले अहिले कृषि उपजको विक्री वितरणको प्रकृयामा दलाल पूँजीवाद रहेको र त्यसलाई समाप्त पार्नेगरी पाँचवटा नीतिगत आधारहरु समेत प्रस्तुत गरे । उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरिएको उनले बताए । उनले हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्न स्थानीय तहमा ६ हजारको संख्यामा रिक्त रहेका कृषि तथा पशुसेवा तर्फका प्राविधिक जनशक्तिको दरबन्दी तत्काल पदपूर्ति गर्न लागिएको समेत बताए । त्यस्तै उनले किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिएको घोषणा समेत गरे । 


कस्तो लाग्यो ?

यो पनि