जेठ ०९, २०८१, बुधबार
               

यसरी गरौं परिक्षाको तयारी
छोराछोरीलाई अरुसँग तुलना गरेर मनोबल गिराउने होइन पढ्न प्रेरित गरौँ

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

अनुशुया चन्द ठकुरी यसपालि एसइई दिँदै छिन् । काठमाडौं वनस्थलीमा बस्ने उनी सोही ठाउँकै सिद्धार्थ वनस्थली स्कुलमा अध्ययनरत छिन् । जेहेन्दार र मेधावी छात्र उनी पढाइमा अब्बल नै मानिन्छिन् ।

स्कुुुुलमा पढाइएको सबै विषयका विषयवस्तुहरू उनी हरेक दिन घरमा आएर पढ्छिन् । सरले पढाएका कुुुुरा घरमा आएर पढ्दा नबुझिएको कुरा बुझिने अनुशुया बताउँछिन् । कक्षामा सरले पढाउँदा नबुुुुझेका कुुुुरा उनी शिक्षक शिक्षिकालाई सोधिहाल्छिन् । स्कुुुुलमा हुुुुने हरेक सांस्कृतिक कार्यक्रममा भाग लिन पनि उनी छुुटाउँदिनन् । त्यति मात्र होइन उनले १५ वर्षको उमेरमै केही म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छिन् । उनी पछिल्लो समयकी कान्छी मोडल समेत हुन् । 

पढ्नकै लागि अनुशुया कहिलेकाहीँ गुुुुगल तथा युुुुट्युुबको पनि सहारा लिन्छिन् । घरमा पढ्दा नबुझेका कुराहरू उनी आमाबुबा वा साथीहरूसँग सोध्छिन् । स्कुलभन्दा बाहेक अनी घरमै दैनिक पाँच घन्टाभन्दा बढी पढ्छिन् । रेडियो, टेलिभिजन तथा अनलाइन पोर्टलहरूमा उनी हरेक दिन समाचारसमेत सुुुुन्छिन्, समसामयिक विषयमा अपडेट हुन्छिन् ।

एसइईको परीक्षा बिहीबारबाट सुरु हुँदै छ । सबै विद्यार्थीलाई राम्रो नम्बर ल्याउने चाहना हुुुुन्छ । परिवारले पनि आफ्नो छोराछोरीलाई राम्रो अंक ल्याऊन् भन्ने चाहना हुन्छ । यसैले उनीहरू आफ्ना छोराछोरीहरूलाई पढ्नको लागि निरन्तर दबाब  दिइरहन्छन् । तर, विद्यार्थीलाई यस्तो दबाब दिँदैमा उनीहरूको परीक्षा राम्रो हुुुुँदैन । नत्र राम्रो अंक नै ल्याएर अभिभावकको सपना पूरा गर्न सक्छन् ।
आफ्ना छोराछोरीलाई पढ्नकै लागि निरन्तर दबाब दिइरहँदा उनीहरू  पढ्नभन्दा उल्टो दिक्दार बन्ने अनुशुयाका आमा रोशनी सेन बताउँछिन् । 

परीक्षाको बेला तनावमुक्त हुनुपर्छ । पढेको कुरा पुनः स्मरण गर्नुपर्छ । तर, ‘टुप्पी कसेर घुँडा धसेर’ किताब घोक्नु सही विधि नभएको उनको तर्क छ । उनी भन्छिन् ‘केटाकेटीहरूलाई परीक्षाको हाउगुुुुजीबाट मुुुुक्त गराउने, साथीजस्तै भएर सिकाउने, पढ्ने, खेल्ने, घुुुुम्ने र रुटिङ मिलाएर पढाउने गर्नुुपर्छ ।’ 

रोशनी एक आमा मात्र होइनन् छोरीको ‘बेस्ट फ्रेन्ड’समेत हुन् । परीक्षाको हाउगुजीबाट दबाब नदिई परीक्षा सहज र सरल बनाउन उनीहरूलाई पढ्न उपयुक्त वातावरण बनाउनुपर्नेमा उनको जोड छ । उनी भन्छिन्, ‘म मेरी छोरीको मम्मी मात्र होइन, बेस्ट फ्रेन्ड पनि हुँ, उनले मसँग हेरक कुरा सेयर गर्न सक्छिन्, जसले उसको बारेमा म सबै कुरा बुझ्न सक्छु ।’

तर, कसरी राम्रो नतिजा हासिल गर्ने ? अक्सर विद्यार्थीको ध्याउन्न यही हुने गर्छ । एक हिसाबले यो सही पनि हो । तर, नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ । विज्ञहरूले भने परीक्षाको तयारी गर्दा निम्न कुराहरूमा ध्यान दिन आवश्यक रहेको औँल्याएका छन् । 

तनावमुक्त हुनुपर्छ

परीक्षाको बेला रातदिन किताब घोक्ने परिपाटी विद्यमान छ । राति अबेरसम्म पढ्ने, बिहान चाँडै उठेर फेरि किताब हेर्ने । अभिभावकले पनि यस्तै अपेक्षा गर्छन्, जो विद्यार्थीको निम्ति बोझिलो बन्न सक्छ । त्यसैले पढेको बखत वेला वेला विश्राम लिनुपर्छ । एकछिन बाहिर टहल्ने, खेल्ने वा हल्का मनोरञ्जन लिने गर्नुपर्छ । अझ योग वा प्रणायम गर्न सके सर्वोत्तम हो, यसले मस्तिष्कलाई स्वास्थ्य र चुस्त राख्छ । ध्यान एकाग्र गर्न सहयोग गर्छ ।

तालिका मिलाउने
रातदिन किताब घोक्नुभन्दा एउटा तालिका तयार गरौँ । बिहान कति समय पढ्ने वा बेलुकी कति समय पढ्ने ? सोको निर्धारण गरौँ । त्यही अनुसार पढ्ने तालिका बनाउन सकिन्छ । यसले समय व्यवस्थापन त राम्ररी हुन्छ नै, पढाइको चापको पनि अनुभव हुँदैन ।

लेखेर अध्ययन गर्ने
पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन । खासगरी, स्मरणका लागि । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेखेको कुरालाई स्मरण गर्न सजिलो हुन्छ । त्यसैले, परीक्षाकै शैलीमा प्रश्नोत्तर लेख्ने विधि अपनाउन सकिन्छ । यसले गर्दा परीक्षामा लेख्ने अभ्यास पनि हुन्छ र आत्मविश्वास पनि बढ्छ । कुनै पनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।

स्वास्थ्यको ख्याल गर्ने
परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै विद्यार्थीलाई यसवेला स्वास्थ्य समस्या देखापर्न सक्छ । त्यसैले, परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सही समयमा सुत्ने, उठ्ने खाने तालिका अनुशरण गर्नुपर्छ ।
साथसाथै, ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने, शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य भइयो भने नै, पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

केही टिप्स
– उत्तर लेख्नेभन्दा पनि प्रश्न बनाउने अभ्यास गर्न सकिन्छ । आफैँले प्रश्न बनाएर त्यसको हल गर्ने अभ्यास गरौँ ।

– सामूहिक पठन विधि पनि प्रभावकारी हुन्छ । मिल्ने साथीहरूको समूह बनाएर सम्बन्धित विषयमा तर्क–वितर्क गर्ने अभ्यास गरौँ । यसरी       प्राप्त गरेको ज्ञान दिगो पनि हुन्छ ।

– पाठ घोक्ने प्रयास नगरौँ । बरु पढेको कुरालाई बुझ्ने वा स्मरण गर्ने अभ्यास गरौँ ।

– आफूलाई अप्ठ्यारो लाग्ने विषयमा बढी समय दिनुपर्छ र मिहेनत पनि गर्नुपर्छ । तर, त्यसका लागि चिन्तित हुनुपर्दैन । आफूले बुझेको र          जानेको कुरालाई राम्ररी प्रस्तुत गर्न सकियो भने काफी हुन्छ ।

– आत्मविश्वासले तपाईंको परीक्षामा ठूलो उर्जा मिल्छ । परीक्षासँग डराउने वा हतास हुने होइन, परीक्षालाई अवसरको रूपमा लिनुपर्छ ।

कसरी लेख्दा राम्रो अंक प्राप्त हुन्छ ?

– प्रश्नपत्र हात परेपछि पहिला त्यसलाई ध्यान दिएर पढ्नुपर्छ । अतः त्यसमध्ये आफूलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नको हल गर्नुपर्छ । यसले     आफूमा आत्मविश्वास बढ्छ । बिर्सिएका कति कुराहरू पनि स्मरण हुन्छ ।

– उत्तर लेख्नुअघि प्रश्न दोहोर्‍याएर पढ्ने । प्रश्नको आशय बुझेर मात्र त्यसको जवाफ लेख्नुपर्छ । प्रश्नले के मागेको हो, कति मागेको हो त्यति         मात्र जवाफ दिनुपर्छ । प्रश्न हल गर्दा प्राप्त हुने अंकको आधारमा जवाफ कति गहिराइमा पुगेर दिने हो भन्ने निर्धारण गर्नुपर्छ ।

– प्रश्न बुझेर आफ्नै शैलीमा जवाफ दिने अभ्यास राम्रो हो । यसबाट विद्यार्थीको बौद्धिक क्षमता मापन हुने हो । रचनात्मक जवाफले नै बढी         अंक प्राप्त हुन्छ ।

अभिभावकले उत्प्रेरणा दिने
परीक्षाको बेला अभिभावकले सहयोगी भूमिका खेल्नुपर्छ । उनीहरूलाई नतिजामा केन्द्रित गरेर धेरै अंक ल्याउनुपर्छ भनेर दबाब दिनु हुँदैन । बरु, सहज वातावरण तय गरिदिनुपर्छ, जसले उनीहरूलाई कुनै बोझ महशुस नहोस् ।

छोराछोरीलाई अरूसँग तुलना गरेर मनोबल गिराउने काम गर्नु हुन्न । बरु, पढ्नका लागि प्रेरित गर्नुपर्छ । छोराछोरीको स्वास्थ्यमा बढी ख्याल राख्नुपर्छ । उनीहरूलाई सुत्ने, उठ्ने तालिका नियमित गराइदिनुपर्छ । खानपानमा पनि सर्तक हुनुपर्छ ।


 


कस्तो लाग्यो ?

यो पनि