जेठ ०८, २०८१, मंगलबार
               

कृत्रिम अभावविरुद्ध ध्यानाकर्षण

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

चिप्लेढुङ्गा । शान्तिका लागि नागरिक समाज कास्की र इन्सेक गण्डकी प्रदेशले कोरोनाको कारण देखाउँदै बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भएको भन्दै विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। 

विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसले खडा गरेको सन्त्रासपूर्ण अवस्थामा व्यापारीबाट कृत्रिम अभाव खडा गरी चर्को मूल्य, कालोबजारी, गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण नगर्न र नगराउन सम्बन्धित सरोकार पक्षको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमार्फत नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

सञ्जालका अध्यक्ष विष्णु बराल र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजारमा केही महिनादेखि चीनको उहान प्रान्तबाट सुरु भएको कोभिड–१९ भाइसको सङ्क्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको जनाएको उल्लेख छ ।   जनसमुदायमा सन्त्रास फैलिरहेको परिस्थितिको मौका छोपी उपभोक्ताको दैनिक जीवनमा गम्भीर असर पर्ने गरी व्यवसायीबाट उपभोग्य वस्तु खाद्य पदार्थ, ग्यास, औषधिजन्य वस्तुको कृत्रिम अभाव खडा गरी जनतामा थप भय र सन्त्रासको अवस्था सिर्जना गरिएकोप्रति सरकारसमक्ष ध्यानाकर्षण गराएको हो । 

कोरोनाको सङ्क्रमणलाई नेपालमा प्रवेश हुन नदिन, कोही सङ्क्रमणमा परेको अवस्थामा उपचारका लागि स्वास्थ्यसम्बन्धी सबैखाले उपाय अवलम्बन गर्नसमेत आग्रह गरिएको छ । नेपाल सरकारले रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको र स्रोत साधनको कमी देखिएकाले कुनै विपत्ति आउनु पूर्व नै त्यसबारेमा गम्भीर रुपमा सोच्नसमेत आग्रह गरिएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि