जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाको प्रभाव : व्यस्त ठमेल सुनसान छ अहिले

सरु पौडेल
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौँ । ठमेल, नेपालकै अति व्यस्त जीवन शैली भएको ठाउँ । पर्यटकको भिडभाड हुने क्षेत्र । काठमाडौँको युरोप पनि भनिन्छ यसलाई । ठुलासाना व्यापारी व्यावसायीलाई सदैव कामको चटारो ।

यो कोरोना भाइरस (काेभिड १९ ) ती व्यावसायीको जीवनमा अध्यारो रात भएर आएको छ यतिबेला । सुनसान छ ठमेल अहिले । कुनै व्यापारीलाई चटारो छैन । व्यस्त जीवनशैली एक महिनायता सुनसान र फुर्सदिलो बनेको छ  ।

नेपाल सरकारले यो वर्ष २०२० जनवरी १ मा भव्य रुपमा उदघाट्न गरी भिजिट नेपाल २०२० को सुरु गरेसगैँ  केही महिनामै नेपाललाई ठुलो धक्का लागेको छ ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसका ( काेभिड १९)   कारण नेपालमा मानवीय क्षतिबाट बच्न सफल भएता पनि नेपालमा आर्थिक औद्योगिक र पर्यटकीय रुपमा भने भाइरस नै संक्रमण भए जतिकै अवस्था छ ।  

भिजिट नेपालका कारण ठमेलले धेरै अपेक्षा गरेको थियो । नेपालका विभिन्न पर्यटकीय क्षेत्र मुख्य त काठमाडौँको ठमेलबजार रातमा पनि सधै नयाँ दुलही जस्तै सजिसजाउ रहने ठमेल अहिले आमतवरको अन्धेरी रातको अवस्थाबाट गुज्रिरहेको छ । तिरीमिरी भइरहेका छन् ठमेलका व्यापारी । भिजिट नेपालमा ठमेलका व्यपारीले ठुलो आशा र तयारीपूर्वक बसेका थिए । तर परिस्थितजन्य बाध्यताले भिजिट नेपाल तुहिएको छ ।

तर, त्यो आशा र तयारी निराशामा परिणत हुदैँगएको छ । निराशा पनि किन नहोस पर्यटकले भरिभराउ रात पनि दिन जस्तै देखिने ठमेल बजार आजकाल भने दिन पनि रातजस्तै बन्दैँ गएको छ । व्यापारकैँ भरमा घर खर्च चलाइरहेका ठमेलका व्यापारी । व्यापारी भन्छन्- 'कहिले त बोहनीसमेत हुँदैन । पर्यटक त के नेपाली समेत आउन छाडि सके । नेपाली पनि नदेख्दा त अहिले कर्फ्यू नै लाग्या हाे कि जस्ताे लाग्छ ।' 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेभिड १९)  अहिले काठमाडौँका ठमेल बजारलाई संक्रमणमय तुल्याएकाे छ । यो युराेप-अमेरिकाबाट पर्यटककाे लस्कर लाग्ने समय हाे । हवाइमार्गबाट आउने पर्यटक सिधै ठमेलका हाेटेलमा पुग्थे । ट्राभल एजेन्सीदेखि अन्य सुविधा हुने भएकाले पर्यटक लागि ट्रान्जिट जस्ताे छ ठमेल । पर्यटकलाई लाेभ्यउने विभिन्न किसिमका हस्तकलाका सामग्रीले पर्यटकाे बाटाे हेरेर बसिरहेकाे छ ।

ट्रेकिङ फस्टाउने समय सुरु भइसक्दा पनि पर्यटककाे आगमनमा पुरै ह्रास छ । हवाइ उडान ठप्प सरह भइसकेकाे छ । सुरुमा चीनमा मात्र संक्रमण देखिँदा धेरै एरलाइन्सले हवाइसेवामा राेक लगाएका थिए । सो बेलामै ७० प्रतिशत जति पर्यटकले क्यन्सिल गरिसकेका थिए ठमेलका लागि बुक भएका पर्यटकले ।

'महिना दिनअगाडि देखि मान्छे सबै हराइसके । पर्यटक त के नेपाली पनि आउनै छाडिसके', व्यापारी काजिमान श्रेष्ठ भन्छन्- 'काम गरिखान समस्या भएको छ ।' अटोरिक्सा चालक श्यामकाजीको अनुभवमा पाेहाेर साल त खानाखाने फुर्सद पनि थिएन तर यसपटक अवस्था निक्कै खस्कियो ।

ठमेलमा कपडा डिजाइनर अक्वान अन्सारीको पीडा उस्तै छ । विगतमा कपडाको डिजाइन र बिक्री हुँदा ७० देखि८० हजारसम्म आम्दानी हुने गरेको थियो । तर अहिले उनी मुस्किलमा छन् ।उनले भने- ‘कोठा भाडा पनि तिर्न मुस्किल छ । मासिक भाडामात्रै ६० हजार रुपैयाँ छ ।' महोत्तरीबाट आएका अक्वान २१ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएका छन् ।

ठमेलको अर्को समस्या भिजिट नेपाल रोकिनु हो । त्यहाँ व्यापारीले भिजिट नेपाललाई लक्षित गरेर थप लगानी गरेका थिए । बस्तु तथा सेवा विस्तार गरेका थिए । धेरै व्यापारीहरूले बैंकबाट ऋण लिएका थिए । उनीहरूलाई अब बैंक ऋणको चिन्ता छ ।

चीनबाट  सुरु भएकाे काेराेना भाइरसकाे (काेभिड १९) महामारीले विश्वकै अर्थतन्त्रमा ठुलाे प्रभाव पारेकाे छ । यसका कारण नेपालकाे अर्थतन्त्रमा खर्बौँकाे क्षति पुग्ने अवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि