बैशाख १७, २०८१, सोमबार
               

ज्ञानेन्द्र शाहद्वारा सरकारको ध्यानाकर्षण, मोदीको प्रशंसा

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बजारमा कृतिम अभाव सृजना गर्ने व्यापारीलाई कारबाही गर्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको त्रासका बीच दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सृजना गर्ने व्यापारीहरुलाई कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बजारमा मास्क लगायत दैनिक उपभोग्य सामानको कृतिम अभाव सृजना गर्ने व्यापारीहरु प्रति सरकार नरम बन्दा देशमा अराजकता जन्मिने शाहको तर्क छ ।

सामाजिक सञ्जालमा ट्विटरमा पोष्ट गर्दै उनले आम नागरिकको सुरक्षित रहन पाउने अधिकारको हनन नगर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, 'देशमा कोरोना भाइरसको महामारीको संकट मण्डराइरहेका बेला आम नागरिकको सुरक्षित रहन पाउने अधिकारको हनन गर्दै मास्क लगायत दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सृजना गर्ने व्यापारीहरु प्रति सरकार नरम बन्नुहुन्न यसले देशमा अराजकता जन्माउँछ । यस्ता व्यापारीलाई कारवाहीको दायरामा ल्याइनुपर्छ ।

यसअघि शाहले सार्क मुलुकहरू एकजुट भएर कोरोना भाइरसको सामना गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको पहलको प्रशंसा समेत गरेका थिए ।

मोदीले गत आइतबार दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सबै राष्ट्र तथा सरकारप्रमुखहरूबीच भिडियो कन्फ्रेन्सको आयोजना गरेका थिए ।

मोदीलाई ‘मेन्सन’ गर्दै पूर्वराजा शाहले ट्विटरमा लेखेका छन्, ‘हामीबीचको एकताले अदृश्य शत्रुको रूपमा रहेको कोरोना भाइरसविरुद्ध लड्न मद्दत पुग्नेछ ।’ 


कस्तो लाग्यो ?

यो पनि