जेठ ०६, २०८१, आइतबार
               

यस्तो छ शुक्रबारसम्मको मौसम

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।       

अहिले (बुधबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशको पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

बिहिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशको पश्चिमी पहाडी भुभागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पनि देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । 

देशको पश्चिमी पहाडी भुभागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि