कात्तिक ३०, २०८१, शुक्रबार
               

कोरोनाको रोकथाम गर्ने भन्दै नेपाल–भारतमैत्री बससेवा बन्द

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

कोरोना भइरसको संक्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप धनगढीदेखि भारतको नयाँदिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारतमैत्री बस सेवा बन्द गरिएको छ । 

यसबाहेक गौरीफन्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँदिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको बताए । 

यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकुल प्रभाव परेको बताए । लामो तथा छोटो दूरीमा चल्ने बस सेवामा यात्रुको संख्या घट्दै गएकाले यातायात सेवा प्रभावित भएको हो । 

धनगढीदेखि काठमाडौंसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बस मात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताए । 

धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताउनुभयो । पहाडी क्षेत्रका रुटमा मानिसको आवागमन घट्दै गएको छ ।
 

यो पनि