मंसिर ०७, २०८१, शुक्रबार
               

पनौतीमा अनिश्चितकालीन कर्फ्यु

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चाेकले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।     

पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको कार्यालयले जनाएको छ।

सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

“परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु आदेश जारी गरेका छौँ”, उनले भने ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको घटनालाई लिएर आगजनी र तोडफोडका घटना नरोकिएपछि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि