जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।           

अहिले (मंगलबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

बुधबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ।

बिहीबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि