बैशाख २२, २०८१, शनिबार
               

तीन विद्यालयलाई भारतीय दूतावासको सहयोग

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले दार्चुलाको धापस्थित श्री मालिकार्जुन उच्चमावि र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्चमाविको निर्माणमा सहयोग गर्ने भएको छ ।

त्यसका लागि महाकाली नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत यी दुई विद्यालयहरुको निर्माण ७३.९६ मिलियन अर्थात सात करोड ३९ लाख रुपैयाँको लागतमा हुनेछ । श्री मालिकार्जुन उच्चमावि दुई करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ भने वैद्यनाथ देवनारायण जनता उच्चमाविको निर्माणका चार करोड ४३ लाख रुपैयाँ छुट्ट्याइएको छ । 

यी विद्यालयहरुको निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ भने बोलपत्र आव्हान, कार्य हस्तान्तरण, दैनिक निरीक्षण नेपाल सरकारबाटै हुनेछ ।

ती दुई विद्यालयबाहेक कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवनको निर्माणका लागि भारत सरकारले तीन करोड तीस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पहिलो किस्ता स्वरुप भारतीय राजदूतावासले महाराजगन्ज नगरपालिकाका मेयरको उपस्थितिमा ८२ लाख ६० हजार रुपैयाँको चेक जिल्ला समन्वय समिति कपिलवस्तुलाई हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समितिले टेन्डर प्रक्रिया पूरा गरी विद्यालय भवन निर्माण कार्यको जिम्मा एम-एस दया निर्माण सेवा रुपन्देहीलाई दिएको छ ।यसैबीच भारतीय दूतावासले शिक्षाको क्षेत्रको पूर्वाधार विस्तारमा सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि