बैशाख २४, २०८१, सोमबार
               

दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

दाँतको उपचार गराउन सद्दे गएकी एक महिलाको मृत्यु भएको छ । 

महिलाको मृत्युसँगै भैरहवा युनिभर्सल मेडिकल कलेजमा तनावको अवस्था सिर्जना भएको छ । 

नवलपरासी बर्दघाट नगरपालिका–२ बाट दाँतको उपचारका लागि गएकी यमकुमारी पुनको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तजनले चिकित्सकमाथि समेत हातपात गरेकाले तनाव अवस्था सिर्जना उत्पन्न भएको हो । 

हातपातबाट चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहित २० जनाभन्दा बढी घाइते भएका अस्पतालका व्यवस्थापकले जानकारी दिएको छ । 
अहिले सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । 


कस्तो लाग्यो ?

यो पनि