जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको हो ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ ।

त्यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने उल्लेख गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि