मंसिर ०७, २०८१, शुक्रबार
               

आम्दानीको स्रोत बढाउन बग्दो खोलामा खेती

रासस
चैत ०२, २०७६

ADVERTISEMENT

खेतबारी वा खोलाको बगरमा तरकारी खेतीपाती गरेको त सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई ‘खोले साग’ भनिन्छ । तर, ठाउँअनुसार यसको नाम भने फरक–फरक हुने गरेको छ । कसैले यसलाई ‘सीम साग’ पनि
भन्ने गर्दछन् । 
    
    गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । साग रोपेको एक डेढ महिनामै उत्पादन लिन सकिने र एकपटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ । 

गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले यसको बजार राम्रो भएको किसान बताउँछन् । फागुनको अन्तिम सातादेखि यो साग बजारमा आउने गर्दछ । पूर्णरूपमा जैविक हुने भएकाले बजारमा खोले सागको माग धेरै नै रहेको कृषक नारायणी पुन बताउनुहुन्छ । 

घर छेउकै घोराहीको सेवार खोलामा उनले सागको खेती गरेी छन् । “अन्य तरकारी बिक्रीका लागि बजारसम्म पु¥याउनुपर्छ तर खोले साग किन्न ग्राहक खोलामै आउँछन्”,कात्तिक, मङ्सिरमा रोपेको साग फागुन महिनादेखि बिक्री वा खानका लागि तयार हुन्छ भने वैशाख, जेठसम्म निरन्तर उत्पादन हुने गरेको छ । 

जिल्लामा रहेका दर्जनौँ खोलामा यसरी नै खोले सागको खेती गरेको देख्न सकिन्छ । साग बिक्रीबाट दैनिक करिब एक हजार आम्दानी हुने कृषक जयसरी केसी बताउनुहुन्छ । अन्य खेती गर्नका लागि गर्मी मौसम अनुकूल नभए पनि खोले सागको खेतीले दैनिकी चलेको केसीको भनाइ छ । 

दाङमा उत्पादन हुने यो साग बुटवल, नेपालगञ्जलगायतका शहरमा समेत बिक्रीका लागि जाने गरेको कृषकको भनाइ छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि