जेठ ०६, २०८१, आइतबार
               

उल्लेखनीय काम गर्न नसक्ने सादा पोसाकका ७४ प्रहरी हटाइए

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

उपत्यकामा सादा पोसाकमा कार्यरत ७४ जना प्रहरीलाई एकैसाथ जिम्मेवारीबाट हटाइएको छ । उनीहरूलाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जमा पठाइएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि कार्यरत उनीहरूलाई  उल्लेखनीय काम गर्न नसकेको भनी हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हटाइनेमा १७ अधिकृत र ५७ जवान छन् । 

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको हो। आचरण व्यवहार सुधारको हिसाबले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगन्मा ७ दिने सुधारत्मक तालिमसमेत दिइने बताइएको छ । 

यसपछि अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकंन हुने परिपाटीको थालनी गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए। 

यो पनि