चैत १६, २०८०, शुक्रबार
               

ग्यास आयात बढाएकाले नआत्तिन निगमको सर्वसाधारणलाई आग्रह

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

निगमका प्रवक्ता वीरेन्द्र गोइतले सर्वसाधारणले भरेको ग्यासको सिलिन्डरको मौज्दात राख्न खोज्दा ग्यासमा केही समस्या आएको बताए । 
ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासको आयात बढाइएको गोइतले बताए । 

उद्योगीले मागअनुसार पर्चेज डेलिभरी अर्डर निगमले दिइरहेको पनि गोइतले बताए । 

‘पछिल्लो चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन्,’ उनले भने, ‘यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन ।’

नेपाल आयल निगमले बजारको मागअनुसार पर्याप्त ग्यासको आपूर्ति भइरहेको बताएको छ । निगमले ग्यासको कुनै अभाव नहुने जनाएको छ । निगमले अनावश्यक ग्यास सिलिन्डर खरिद गरी राख्ने गरेकाले बजार ग्यासको असन्तुलन भएको जनाएको छ । 

निगमले फागुन २९ र ३० गते वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल निगमले जनाएको छ । दुई दिनमा काठमाडौँ उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका निगमले बतायो । 

साथै, निगमले नयाँ सिलिन्डर किनेर नथुपार्न सर्वसाधारणलाई आग्रह गरेकोे छ । अनावश्यक सिलिन्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने भन्दै निगमले आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि