असोज ०६, २०८१, आइतबार
               

सार्वजनिक कार्यक्रम उद्घाटन नै नगरी फर्किए शिक्षा मन्त्री पाेखरेल

रासस
चैत ०१, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् । 

शनिबार मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्न पुगेका मन्त्री पोखरेल उद्घाटनै नगरी फर्किएका हुन् । 

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेकाले मन्त्री पोखरेल उद्घाटन नै नगरी फर्किएका जनाइएको छ । 

सो अवसरमा उनले सरकारले ४१ सीमा नाकामा  हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिए । उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्नसमेत आग्रह गरे । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि