जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः मेघ गर्जन, असिना र हावाहुरी सहित वर्षा

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । हाल नेपालको आकाशमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।           

अहिले (शनिबार बिहान) देशको मध्य तथा पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

मौसम विदका अनुसार अहिले (शनिबार बिहान) पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

देशका केहि स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र  हावाहुरी सहित वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ्ग र असिना, हावाहुरी सहित वर्षाको सम्भावना छ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि