गैरकानुनीरुपमा अकुत सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गर्दै विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगो माग गरेको भन्दा दोब्बर जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्न लागेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण गरेकोमा ५ वर्ष कैदसमेत हुने अदालतले ठहर गरेको छ ।
विशेष अदालतलका न्यायाधीशहरू चन्द्रबहादुर सारु कृष्ण गिरी र शान्ति सिंह थापाको इजलासले उनलाई २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो ।