काठमाडौं । सरकारले नेपाल आउने नागरिकलाई कडाइ गरेको छ ।
अध्यागमन विभागले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको बताएको छ ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै यो नियम शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि लागू हुने बताएको छ । विभागले यो नियम विदेशबाट आउने नेपाली नागरिक, गैरआवासिय नागरिक र विदेशी नागरिकका लागि लागू हुने बताएको छ ।
शनिबारदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपाली, विदेशी कूटनीतिक नियोगका पदाधिकारी एवं
कर्मचारी नेपाल प्रवेश गरेको १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले बताएको छ ।
त्यस्तै, विभागले स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।